नियम १३
सम्पर्क अधिकृतको व्यवस्था

(१) मन्त्रालयले आवश्यक ठानेमा कुनै निजामती कर्मचारीलाई सम्पर्क अधिकृतको रूपमा खटाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम खटिएको सम्पर्क अधिकृतलाई सम्बन्धित निर्माताले देहायका सुविधा उपलब्ध गराउनु पर्नेछ :-

(क) खान, बस्न र सवारीको सुविधा,
(ख) हिमाली क्षेत्रमा चलचित्र छाँयाङ्कन गर्न जाँदा आवश्यक पर्ने मौसम अनुसारको लत्ता कपडा, औजार तथा औषधोपचारको व्यवस्था,
(ग) कम्तीमा तीनलाख रूपैयाँको आवधिक जीवन बीमाको व्यवस्था, र
(घ) प्रचलित नियम अनुसार पाउने दैनिक तथा भ्रमण भत्ता ।
(३) सम्पर्क अधिकृत निर्मातासँग जाँदा दुर्घटना परी अङ्गभङ्ग भएमा सो बापत लाग्ने उपचारको सम्पूर्ण खर्च र अङ्गभङ्गको प्रकृति अनुरूप दुईलाख रूपैयाँसम्म क्षतिपूर्ति निर्माताले सम्पर्क अधिकृतलाई दिनु पर्नेछ ।

(४) सम्पर्क अधिकृतले चलचित्र छाँयाङ्कनको सन्दर्भमा निर्मातासँग जाँदा कुनै निकाय वा संस्थासँग सहयोग माग गरेमा आवश्यक सहयोग गर्नु त्यस्तो निकाय वा संस्थाको कर्तव्य हुनेछ ।